बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्दै एमाले

आइतबार, २६ मङ्सिर २०७८, १० : ४३
आइतबार, २६ मङ्सिर २०७८

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि बस्दैछ । भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा आइतबार ११ बजेपछि बस्ने बैठकले पार्टीको स्थायी समिति र  पोलिटब्यूरो कमिटी गठन गर्ने एजेण्डा छ ।

१५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने तयारी छ । स्थायी समिति र पोलिटब्युरोमा पर्ने नामहरूबारे शनिबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सामान्य जानकारी गराएका थिए । शनिबारको बैठकले २३ पुसमा  जिल्ला अधिवेशन, ८ माघमा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप