जनप्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा केसी
आइतबार, २६ मंसिर २०७८, ११ : ०४
नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा तिलक केसी निर्वाचित भएका छन् । शनिबार प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मा र सचिव टीबी कार्कीको विशेष आतिथ्यमा भर्चुअल माध्यमबाट अधिवेशन गरेर केसीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुराम सापकोटा र महासचिवमा माथवर सिंह राउत रहेका छन् । अधिवेशनमा सुरेन्द्र भुसाल, केशव नेपाल, इन्द्रराज भट्टराई, शुष्मा भुसाल, गंगा भुसाल, प्रकाश अधिकारी, चन्द्र राई, अभि शर्मालगायतको सहभागिता रहेको थियो ।