शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेत्रीको महङ्गो विवाह : १३ देखि ७५ लाखसम्मका पहिरन

आइतबार, २६ मङ्सिर २०७८, २२ : १०
आइतबार, २६ मङ्सिर २०७८

कट्रिना कैफ अहिले विवाहमा लगाएका पहिनको कारणले पनि चर्चा छिन् । मिडिया रिपोर्टकाअनुसार उनले १७ लाख भारुको लेहेङ्गा लगाएकी थिइन् । उक्त पहिरन फेसन डिजाइनर सब्यासाची मुखर्जीले तयार गरेकी थिइन् । कट्रिना अगाडि पनि ऐश्वर्या रायबच्चन, करिना कपुर शिल्पा शेट्टीलगायत कयौं सेलिब्रेटी विवाह पहिरनका कारण चर्चामा आएका थिए । बलिउड अभिनेत्रीको विवाह पहिरनमा कसको खर्च कति लागेको छ ? त्यससम्बन्धमा एक रिपोर्ट :

ऐश्वर्या राय बच्चन 


ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी हुन् । विवाहमा उनले नीता लुल्लाले तयार गरेको सारी लगाएकी थिइन् । जसको मूल्य ७५ लाख भारु रहेको थियो । सारीमा सुनौलो बोडर र क्रिस्टल समेत जडित थियो ।

शिल्पा शेट्टी 


२००९ मा शिल्पाले राज कुन्द्रासँग विवाह गरेकी हुन् । विवाहमा उनले डिजाइनर तरुण तहलियानीले तयार पारेको रातो साडी लगाएकी थिइन् । जसको मुख्य ५० लाख भारु रहेको थियो । सारीमा क्रिस्टल पनि जडिएको थियो ।
करिना कपुर 


करिनाले २०१२ मा सैफअलि खानसँग विवाह गरेकी हुन् । उनले सासु शर्मिला टेगोरको पुरानो लेहेङ्गालाई मनीष मल्होत्राबाट मर्मत गराएकी थिइन् । उक्त लेहेङ्गाको मूल्य ५० लाख भारु बताइएको थियो । 

अनुष्का शर्मा

अनुष्काले ११ डिसेम्बर २०१७ मा क्रिकेटर विराट कोहलीसँग इटलीमा विवाह गरेकी हुन् । उनले सब्यसाची मुखर्जीले तयार गरेको पहिरन लगाएकी थिइन् । जसको मूल्य ३० लाख भारु  रहेको बताइन्छ ।

दीपिका पादुकोण


दीपिकाले १४ नोभेम्बर २०१८ मा इटलीमा विवाह गरेकी हुन् । उनले पनि विवाहको पहिरन सब्यसाची मुखर्जीले तयार गरेकी थिइन् । उनको विवाह पहिरन सुनौलो लेहेङ्गा रहेको थियो । जसको मूल्य १३ लाख बताइएको थियो ।

जेनेलिया देशमुख 
जेनेलियाले रितेश देशमुखका साथ क्रिश्चियन र भारतीय दुबै रीतिरिवाजबाट विवाह गरेकी हुन् । उनले नीता लुल्लाले तयार पारेको सुनौलो र रातो रंगको साडी लगाएकी थिइन् । जसको मुल्य १७ लाख भारु रहेको थियो ।

प्रियंका चोपाडा  


प्रियंकाले २०१८ को डिसेम्बरमा निक जोनससँग विवाह गरेकी हुन् । विवाहको समय उनले रातो लेहेङ्गा लगाएकी थिइन् । जसको मुख्य १३ लाख भारु बताइएको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप