बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको लघु चलचित्र प्रतियोगिता घोषणा

सोमबार, २७ मङ्सिर २०७८, ११ : ४४
सोमबार, २७ मङ्सिर २०७८

नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनाले प्रतियोगितामा सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरेर तयार भएका रचनात्मक स्क्रिप्ट छनौट गर्नेछ । 

२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको सेनाले प्रतियोगितामा सहभागीका लागि इच्छुक व्यक्ति तथा संघ/संस्थाले सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवम् गरिरहेका कार्यहरु झल्किने विषय–वस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फारम वितरण पुस १ गतेदेखि प्रतियोगिताको लागि १५ भित्र फारम बुझाइसक्नुपर्नेछ । पुस (१८–१९) अन्तरक्रिया कार्यक्रम र २ माघमा स्क्रिप्ट बुझ्ने कार्यक्रम रहेको नेपाली सेनाको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप