बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेसमा नयाँ नेतृत्वका लागि मतदान, ओलीले बनाए यस्तो टीम

चार महिनामै कसरी ९०० भन्दा बढी अंकले घट्यो नेप्से ?
सोमबार, २७ मङ्सिर २०७८, २० : ५१
सोमबार, २७ मङ्सिर २०७८

आज २०७८ मंसिर २७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा काँग्रेसमा नयाँ नेतृत्वका लागि मतदान, यस्तो बन्यो एमालेमा ओलीको टीम (ग्राफिक्ससहित), चार महिनामै कसरी ९०० भन्दा बढी अंकले घट्यो नेप्से ?, भोलि बस्ने प्रतिनिधिसभा बैठकका यस्ता छन् सम्भावित कार्यसूची, राजेन्द्र लिङ्देनलाई कमल थापाको पत्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा खटपट सुरु लगायत छन् ।

१. काँग्रेसमा नयाँ नेतृत्वका लागि मतदान 
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको छ । बिहान ८ बजे नै मतदान सुरु हुने भनिए पनि प्राविधिक तयारी नपुगेका कारण मध्याह्न करिब १२ बजेबाट मतदान सुरु भएको थियो । मतदानको समय राति ९ बजेसम्मका लागि तोकिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चार महिनामा साढे ९ सय अंकभन्दा बढीले घटेको छ । नेप्सेको ओरालो लाग्ने क्रम जारी नै छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, त्यसपछिको निर्देशन, बैंकहरुले दोहोरो अंकमा कायम गरेको ब्याजदर लगायतका कारणले शेयर बजारमा गिरावट आएको विज्ञहरु बताउँछन् ।

संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकका ५ सम्भावित कार्यसूची तय गरेको छ । सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

५. राजेन्द्र लिङ्देनलाई कमल थापाको पत्र
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । उनले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा खटपट सुरु भएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच विभिन्न नियुक्ति तथा जिम्मेवारी बाँडफाँटका विषयमा खटपट देखिएको हो ।

७. विभिन्न दलले गरे एमसीए कार्यालय घेराउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । एमसीसीको विरोधमा रहेका उनीहरुले सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा घेराउ गरेका हुन् ।

८. किसानले अभाव झेलिरहँदा ७ हजार मेट्रिक टन रासायनिक मल एक वर्षदेखि गोदाममै
किसानले रासायनिक मलको अभाव झेलिरहँदा सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन मल भने वीरगञ्जस्थित भन्सारमा एक वर्षदेखि अलपत्र परेको छ । 

९. नेकपा एकीकृत समाजवादीले तोक्यो प्रमुख सचेतक
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि प्रमुख सचेतक चयन गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले संसदको दुवै सदनका लागि प्रमुख सचेतक तोकेको हो ।

१०. पछिल्लो २४ घण्टामा ३४१ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३४१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३७६ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेपाली काँग्रेसको निर्वाचन समितिले मतदानको तस्वीर लिन गएका सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि केहीबेर उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका छन् ।

फेसबुकमा विदेशी डाक्टर ठानेर कुराकानी अघि बढाएकी एक महिलाले करिब एक वर्षमै एक करोड २२ लाख रुपैयाँ गुमाएकी छन् । 

नेपालमा रहेका कूल २७ वाणिज्य बैंकले पुस महिनामा ब्याजदर नबढाउने भएका छन् । तरलता खिच्न अघिल्ला महिनामा निक्षेप ब्याजदर निरन्तर बढाएपनि खासै उपलब्धि नभएपछि सबै वाणिज्य बैंकहरूले ब्याजदर यथावत् राख्ने भएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप