काँग्रेस महाधिवेशन : राति अबेरसम्म मतदान, सुरक्षा कडा बनाइयो (फोटोफिचर)
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि मतदान जारी छ। सोमबार मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजेसम्म पनि जारी छ। काँग्रेसमा धेरै उम्मेदवार हुनका साथै कागजको मतपत्रबाट मतदान गरिएकाले मतदान प्रक्रिया ढिलो भएको हो । एक उम्मेदवारलाई मतदान आधादेखि १ घण्टासम्म लाग्ने गरेको छ ।
निर्वाचन समितिका अनुसार मतदानका लागि राति साढे १० बजेसम्मको समय तय गरिएको छ । मतदान सकिएपछि सभापतितर्फको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ भने अन्य पदको पार्टी कार्यालयमा लगेर राखिने छ । सभापतिको टुङ्गो लागेपछि सो मतको गणना सुरु गरिनेछ । काँग्रेसमा ४ हजार ७४३ जना मतदाता रहेका छन् ।

सुरक्षा बढाइयो
यसैबीच काँग्रेसको महाधिवेशन स्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सभागृह र भृकुटीमण्डप आसपासमा प्रतिनिधि बाहेक अन्य काँग्रेस कार्यकर्तालाई त्यहाँबाट सुरक्षाकर्मीले हटाएका छन् ।
भोटिङ अधिकार नभएकाहरूलाई महाधिवेशन स्थल हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशील राठौरले रातोपाटीलाई बताए । सभापति र अन्य पदका लागी भृकुटीमण्डप र सभागृहमा तिन ठाउँमा मतदान भइरहेको छ ।

मतदान स्थलमा साँझ थप ६ सय प्रहरी थप गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरबाट खटिएका बाहेक थप ६ सय प्रहरी परिचालन गरिएको एसपी राठौरले रातोपाटीलाई बताए । मतदान स्थलमा सशस्त्र प्रहरीको सङ्ख्या पनि थप गरिएको छ ।
मतदान स्थलको कमाण्ड पोष्टमा काठमाडौँका एसएसपी अशोक सिंह र प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सुरक्षा कमाण्ड गरेका छन् । १४ औं महाधिवेशन स्थलको समग्र सुरक्षा कमाण्ड महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले गरिरहेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण