बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति कार्यक्रम : ट्यूशनदेखि परीक्षा शुल्कसम्म छुट

सोमबार, २७ मङ्सिर २०७८, २२ : ०६
सोमबार, २७ मङ्सिर २०७८

ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध घोषणा गरेको छ । यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने र पूर्ण ट्युसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू तिर्नुनपर्ने कलेजले जानकारी दिएको छ ।

ओहाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि तयार गरिएको कलेजले जनाएको छ । ओहाय परिवारले कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभूमिका विद्यार्थीहरूको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको हो । 

स्नातक तहका कोर्सहरू बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यू कोर्स बीएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफु सक्षम रहेकोबारे जानकारी विद्यार्थीहरूले https://bit.ly/3lkE03d लिंकमार्फत दिन सक्नेछन् । २५ डिसेम्बर, २०२१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप