बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

मङ्गलबार, २८ मङ्सिर २०७८, ११ : ५१
मङ्गलबार, २८ मङ्सिर २०७८

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । तोलामा ३०० ले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको बताएको छ । हिजो सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप