प्रेरक प्रसङ्ग : सिक्नका लागि समयले छेक्दैन

person explore access_timeमंसिर २८, २०७८ chat_bubble_outline0

एकपटक विश्वप्रसिद्ध अमेरिकी शिक्षाविद् फ्रान्सिस बेलेन्ड पार्कर कुनै कार्यक्रममा गएको बेला एक भद्र महिलाले भनिन्–


‘महोदय ! तपाईँ शिक्षाविद् हुनुहुन्छ, देशविदेश घुम्नुभएको छ । अनुमति पाउँछु भने केही सोध्न चाहन्थेँ ?’



‘लौ ! यो कुन ठूलो कुरा भयो र ।’ मधुर मुस्कानसाथ पार्करले भने–



‘भन्नुस् न देवीजी ! के सेवा गरौँ ?’

‘खासै केही त होइन ।’

‘तैपनि ?’

‘तैपनि, यही कि म चाहन्छु छोरीलाई पढाइमा कुनै कठिनाइ नहोस् । त्यसैले उसलाई पढाइ सुरू गर्न कुन समय उपयुक्त होला ?’

‘छोरीको उमेर ?’

‘उमे र ?’ केही आश्चर्य मान्दै महिलाले भनिन्–

‘भरखर पाँच वर्षमा टेकेकी छे ।’

‘ओ हो ! अहिलेसम्म पढाइ सुरू गर्नुभएकै छै न ?’ पार्करले आखिभुइँ उचाल्दै भने–

‘छोरीको उमेर पाँच वर्ष खेर गइसकेछ । त्यसैले राम्रो यही हुनेछ कि तुरुन्तै कुनै स्कुलमा भर्ना गरिहाल्नुस् ।’

यसबारे अर्को एक प्रसङ्ग पनि उत्तिकै चासोपर्दो छ । एकपटक राम स्वामी नामक भारतीय सन्यासी चीन भ्रमणमा जाँदै थिए । त्यतिबेला अहिलेको जस्तो हवाइ जहाजको व्यवस्था थिएन । यातायातको साधन भनेको पानी जहाज मात्र थियो । 

जहाज चलिरहेको थियो राम स्वामी चिनीया भाषा सिक्नमा व्यस्थ थिए । उनको पढाइ देखेर एक सुटेस बुटेस युवतीले हाँस्दै भनिन््–

‘बाबाजी ! के पढ्दै हुनुहुन्छ ? आखिभुइँको रौँसमेत फुलिसेको छ । तैपनि पढाइमा यस्तो मोह ? यो उमेरमा पढेर के गर्छु भन्ने विचार छ ? कि मर्दैमरिन्न भन्ने ढान्नुभएको छ ?’

‘ठीक भन्नुभयो देवीजी !’ स्वामीले मुसुक्क हाँस्दै जबाफ फर्काए–

‘हामी भारतवर्षका वासिन्दामा धन कमाउँदा भरे मरिन्छ कि भोलि भन्ने र विद्या र बुद्धि कमाउनुपर्दा कहिले पनि मरिन्न भन्ने मान्यता छ । यसै पनि पढ्ने र सिक्ने कुराको समय नै हुँदैन । यसलाई न उमेर छेक्छ न लिङ्ग र वर्णले ।’

त्यसपछि उनी रातोपीरो  हुँदै अन्तै लागिन् । उनलाई सन्यासीको भनाइले केकस्तो असर ग¥यो त्यो त थाहा भएन तर पढाइमा उमेरले बाधा गर्दैन भन्ने कुरा भने व्यावहारिक यथार्थ नै हो ।

अस्तितिर एकजना अविभावक भन्दैहुनुहुन्थ्यो–

‘नानीलाई स्कुल हाल्न बेला भएको त थिएन तैपनि केही सिकोस् भनेर पढाउन पठाएका छौँ ।’

तत्कालै उनको भनाइको प्रतिवाद गर्दै अर्का अविभावक बोले–

‘मैले पनि त्यस्तै सोचेकी थिएँ तर बेला भएको छैन भनेर चुप लाग्यौँ ।’

यी त भए बालबालिका कुरा । कतिपय प्रौढहरूको भनाइ पनि योभन्दा कम मार्मिक छैन । केही दिन एक साथीभाइबीच एक प्रौढ गफिँदै दिए–

‘पढ्ने बेला ध्यान दिइएन, बुढेसकालमा पछुताएर के गर्नु ?’

वस्तुतः यस्ता  अभिव्यक्ति कि शिक्षाको महत्व नबुझ्दाका उपज हुन् कि अल्छीपन छिपाउने बाहना । यथार्थमा माथि उल्लेख भए जस्तै पढाइको उमेर नै हुँदैन । जन्मदेखि मृत्युपर्यन्त सिक्ने, पढ्ने र जान्ने सयम हो ।

सही अर्थमा भन्नुपर्दा मानिसको सिक्ने क्रम आमाको गर्भदेखि नै सुरू भइसकेको हुन्छ र मृत्युसैय्यामा सुत्नु अघिसम्म जारी रहन्छ । कुरा सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नुपर्दैन । हामीेले आमाको गर्भमै यस्ता केही कुरा सिकिसकेका हुन्छौँ, जो हामीलाई बाच्न नभइहुन्न ।

उदाहरणका लागि सासलाई नै लिन सकिन्छ । बाँच्न सास लिनु पनि पर्छ, छाड्नु पनि पर्छ, नत्र बाँच्नै सकिन्न । त्यसैले यो काम हामीले आमाको गर्भभित्रैबाट सिकेर आएका हुन्छौँ । बाँच्नका लागि नभई नहुने अर्को कुरा भनेको खानु र त्याग्नु पनि हो । यो काम पनि आमाको गर्भबाटै सिकेर आएका हुन्छौँ । मानिस जन्मनासाथ रुने काम गर्छ । यो पनि बाँच्नका लागि आवश्यक कुरा हो । यदि बच्चा जन्मने बित्तिकै रोएन भने सके त बाँच्दैबाँच्दैन, कदाचित बाँचे पनि रोगी हुन्छ । उसको जीवन कुनै कामको हुँदैन । त्यसैले मानिसले यो काम पनि गर्भबाटै सिकेर आएको हुन्छ । यस बाहेक हास्ने, खेल्ने, हाइ गर्ने, आच्छ्युँ गर्ने रिसाउने, खुसाउने आदि जीवनका केही आधारभूत कुरा हुन्, जुन गर्भबाटै सिकिएको हुन्छ ।

त्यसपछि बच्चाको चल्ने, चटपटाउने, यता उता हेर्ने, कुनै कुरा सुन्ने र चिन्ने क्रम सुरु हुन्छ । यस क्रममा पहिले आमालाई चिन्छ, बाबुलाई चिन्छ, बिस्तारै घर परिवारका सदस्य र कुकुर, बिरालो वा घरपालुवा जनावरहरू चिन्दै जान्छ, हिड्न सिक्छ, बोल्न सिक्छ । यसरी बिस्तारै स्कुल भर्ना हुनुभन्दा अघि नै जीवनोपयोगी धेरै कुरा सिकिसकेको हुन्छ । अनिमात्र औपचारिक शिक्षा सुरू हुन्छ तर औपचारिक शिक्षापछि पनि सिक्ने क्रम भने जारी नै रहेको हुन्छ ।  

मानव जीवनका लागि हरेक समय नयाँ हुन्छ, हरेक क्षण नयाँ हुन्छ । हरेक क्षण नयाँ भएपछि केही न केही नयाँ काम कुरा पनि भएकै हुन्छ । आखा झिमिक्क गर्न भ्याइएको हुन्न, प्रकृतिमा परिवर्तन भइसकोको हुन्छ, जीवनमा परिवर्तन भइसकेको हुन्छ । यिनै नयाँ कुरा देख्नु र त्यसबारे जानकार हुनु नै सिक्नु हो, जान्नु हो, ज्ञान हासिल गर्नु हो र यही नै मृत्युशैय्मा पुगुन्जेल सिकिरहन्छ भन्ने कुराको प्रमाण हो ।

त्यसैले जीवनमा प्रगति गर्न चाहने हो भने सिक्ने कुरामा अल्छी गर्न हुँदैन । न बेला भएको छैन भन्न मिल्छ न बेला गइसक्यो भन्नै मिल्छ । यति कुरामा मात्र ध्यान दिन सकियो भने पनि जीवनको स्वरूप अर्कै बन्छ । हरेक क्षण नयाँ कुरा जान्न बुझ्न खोज्दै गए प्रगति गर्न सकिन्छ, बेला भएको छैन वा गइसक्यो भन्न थाले अवन्नति कारण बन्न पुग्छ । जहाँसम्म के गर्ने भन्ने कुरा छ त्यो भने भाइबहिनीहरूकै हातमा छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।