बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतले ११ मुलुकलाई रेड लिष्ट सूचीबाट हटायो

मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : ४२
मङ्गलबार, २८ मङ्सिर २०७८

कोरोना संक्रमणको पछिल्लो नयाँ भेरिएन्ट ‘ओमोक्रोन’ का कारण  बेलायत सरकारद्वारा लागू गरिएको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा परेका सबै मुलुक मुक्त हुने भएका छन् ।

बुधबार बिहान ४ बजेदेखि लागू हुनेगरी बेलायत सरकारले एघार वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाउने निर्णय गरेको हो । उक्त सुचीबाट हट्ने मुलुकमा  एंगोला, बोत्स्वाना, एस्वाटिनी, लेसोथो, मलावी,मोजाम्बिक, नामिबिया, नाइजेरिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे पर्दछन ।

नोभेम्बरको अन्तबाट यी मुलुकहरुलाई बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा राखिएको थियो । बेलायतको रेड लिष्टमा राखेपछि ति मुलुकहरुले विरोध गर्दै आएका थिए । नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा विभिन्न मुलुकमा फैलिएको हुनाले उक्त नियम सान्दर्भिक नहुने  स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।

उक्त मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउण्डसमेत स्वयमले व्यहोर्नुपर्नेछ । आइसोलेसन नियम उलङ्घन गरेको पाइएमा पाँच सय पाउण्डदेखि दश हजार पाउण्ड सम्म जरिवाना गरिने नियम छ ।

तर, बुधबारबाट सबैले मुक्ति पाउनेछन् । होटल क्वारेन्टाइन बस्दा खानमा असुविधा भएको भन्दै चर्को विवाद हुँदै आएको थियो ।तर, बेलायत भित्रिएको ४८ घण्टाभित्र कोभिड टेष्ट गर्नुपर्ने र दुई दिनभित्र पीसीआर टेष्ट गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप