शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उकालो लाग्यो डलरको मूल्य, एक डलरकै १२१ रुपैयाँ

बुधबार, २९ मङ्सिर २०७८, ११ : २१
बुधबार, २९ मङ्सिर २०७८

अमेरिकी डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । वि.सं.२०७७ साल वैशाख १० गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको डलर फेरि उकालो लागेको हो । उक्त मितिमा डलरको मूल्य १२३.२४ रुपैयाँसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ तोक्दै एक डलरको १२१.६९ रुपैयाँ तोकेको छ ।

यसअघि, २०७७ साल असार ९ गते पनि डलरको मूल्य यही थियो । त्यसको डेढ वर्षपछि फेरि डलरको भाउ पुरानै अवस्थामा पुगेको हो । यद्यपी, आज कायम भएको मूल्य अहिलेसम्मकै उच्च भने होइन । बिक्री दर १२१.६९ रुपैयाँ कायम भएको डलरको खरिद दर १२१.०९ रुपैयाँ कायम छ । 

आज एक यूरोको बिक्री दर १३७.५५ र खरिद दर १३६.८७ रुपैयाँ छ भने बेलायती पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६०.९२ र खरिद मूल्य १६०.१३ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्रीदर ८८.९३ र खरिददर ८८.४९ रुपैयाँ छ भने १० जापानी येनको बिक्री दर १०.७१ र खरिददर १०.६६ रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्री दर १९.१२ रुपैयाँ कायम हुँदा खरिद दर १९.०३ रुपैयाँ छ भने साउदी रियालको बिक्रीदर ३२.४४ र खरिददर ३२.२८ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.१५ र खरिददर ३२.९९ रुपैयाँ तथा संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३३.१३ र खरिददर ३२.९७ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्रीदर २८.७५ रुपैयाँ कायम हुँदा खरिददर २८.६१ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप