पूर्णबहादुर खड्का जित नजिक, गच्छदार र धनराजबीच कडा टक्कर
विहीबार, ०१ पुस २०७८, ०० : ०६

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ ।
यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।
यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम