शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

इजरायल जाने कामदार छनौटमा अनियमिता भएको मुद्दामा कारण देखाउ आदेश

बिहीबार, ०१ पुस २०७८, १२ : ०१
बिहीबार, ०१ पुस २०७८

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा जान चाहने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएकोबारे सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ । कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ मा बोलाइएको छ । सर्वोच्चका न्यायाधीश  हरिप्रसाद फुयालले सो आदेश गरेका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले अनियमित तरिकाले कामदार छनौट गरेको भन्दै जमुना पौडेल कार्कीसहित ९ जनाले रिट हालेका थिए । मंसिर २२ मा दर्ता गरिएको रिट, निवेदनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।

बैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप