साउदी अरेबिया नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण

साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । बुधबार ती विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।
यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । तर यसको विस्तृत विवरण भने दिइएको छैन् । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ । मंगलबार राति भएको सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् ।
उता इरान समर्थित हुथी मिलिसियाले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धनले साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीलाई उद्धृत गर्दै जानकारी दिएको छ । केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित : स्थानीय पूर्वाधार विभाग
-
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
-
पैसा फिर्ता नपाएपछि बचतकर्ताको बिचल्ली
-
रविबारे सत्ता गठबन्धनमा खटपट हुँदा कांग्रेसमा उत्साह
-
पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो
-
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित