१०२० मतगणना सकियोः गगन–विश्वप्रकाशले अग्रता फराकिलो बनाउँदै
बिहीबार, ०१ पुस २०७८, १२ : ४०
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले ३४२ र मीनेन्द्र रिजालले १७५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले २९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
-
आफ्नै गीतमा राजेश पायललाई कपिराइट !
-
नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ : पूर्वराजा शाह
-
अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ
-
कोरोनाको समयमा ट्रम्पले पुटिनलाई कोभिड टेस्ट किट पठाएको दाबी
-
महोत्तरीको सोनामाईमा ‘भूतमेला’ प्रारम्भ