बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनकलाकारको काम समृद्धि र आत्मनिर्भरताको पक्षमा जागरण ल्याउनु हो : अर्थमन्त्री शर्मा

बिहीबार, ०१ पुस २०७८, १७ : ०७
बिहीबार, ०१ पुस २०७८

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताएका छन् । बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै  जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताए ।

‘जनसांस्कृतिक महासंघसँग दुईवटा कार्यभार छन्’,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य समेत रहेका मन्त्री शर्माले भने, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ ।’ राजनीतिक परिवर्तनहरू भएपनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै उनले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउँदै सामुदायिक पुँजी निर्माण गरेर समाजवादको ‘भ्रूण’ निर्माण गर्नुपर्ने बताए । त्यसका लागि महासंघले आफ्नो जागरणमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने औंल्याए । ‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, उनले भने, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्रूण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप