मेक्सिकन अभिनेत्रीको गोली हानी हत्या

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए ।
प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रूपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा साङ्गीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौँ ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।
सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको जीतपुर स्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
-
आँचल अभिनित साउथ फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज
-
एनसेल शेयर विक्री प्रकरण : तीन निकायलाई लेखा समितिले सोध्यो नौ प्रश्न (प्रश्नसहित)
-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन : प्रतिवेदनमा के छ ?
-
भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि
-
चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक