शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस ४ गते सार्वजनिक विदा दिने निर्णय

शुक्रबार, ०२ पुस २०७८, १९ : ००
शुक्रबार, ०२ पुस २०७८

सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप