शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक

शुक्रबार, ०२ पुस २०७८, १६ : ४८
शुक्रबार, ०२ पुस २०७८

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । 

टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बुटवलमा आयोजित कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरे भने, ‘सोही कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप