शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनका लागि ग्लोबल आइएमईले ल्यायो ६ वटा नयाँ खाता

शुक्रबार, ०२ पुस २०७८, १७ : ०२
शुक्रबार, ०२ पुस २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरु रहेका छन् । 

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक व्याज दर प्रदान गरिनेछ । यसप्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्‌र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ । उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने बैंकले जनाएको छ । 

यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा समेतविशेष छुट प्रदान गरिने बैंकले जनाएको छ । अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिनेछ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले हाल देशभर ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप