बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेसको पदाधिकारीमा देउवाको बहुमत

शुक्रबार, ०२ पुस २०७८, २१ : ४२
शुक्रबार, ०२ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको २ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ ।

१. काँग्रेस चुनाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पदाधिकारीतर्फको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा उपसभापतिमा उनी पक्षीय पूर्णबहादुर खड्का र शेखर कोइराला पक्ष धनराज गुरुङ विजयी भएका छन् ।

यसैगरी महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका विश्वप्रकाश शर्मा विजयी भए । यसैगरी सहमहामन्त्रीमा देउवा पक्षका ६ जना र कोइराला पक्षका २ जना निर्वाचित भएका छन् । समग्रमा देउवाको पदाधिकारीमा बहुमत पुगेको छ ।

२. क्रिकेटरको अपील

चर्चित चार क्रिकेटरहरुले आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीले क्यानसँग सो आग्रह गरेका हुन् ।

​३. एमाले महासचिव

एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई यस्तो आग्रह गरेका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

सरकारले २९  द्वन्द्वपीडितलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

​६. चुनावमा केन्द्रीत हुन माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् । उनी शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।

​८. सर्वदलीय बैठक बोलाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।

​९. शेखरको विज्ञप्ति

ने पाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले  १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । उनले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् ।

​शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे सहमति गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।

राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप