शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ओमिक्रोनको त्रास, व्यवसायीले बन्द गर्दैछन् होटल-रेष्टुरेन्ट

शनिबार, ०३ पुस २०७८, १४ : ०५
शनिबार, ०३ पुस २०७८

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलन सुरु गरेपछि बेलायतमा होटल-रेष्टुरेन्ट बन्द हुन थालेका छन् । सरकारको नीतिका कारण नभई होटल-रेष्टुरेण्ट आफैँ बन्द हुन लागेका हुन् ।

पछिल्लो समय बेलायतमा ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामै ९० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएको बेलायतमा लगानीकर्ताले आफै व्यवसाय बन्द गर्न लागेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

उत्तरी लण्डनमा रहेको ‘मंगल टू’ रेष्टुरेन्टका सह–संस्थापक फरहाक डिरिकले क्रिसमस र नयाँ वर्षको बन्द योजनाभन्दा एक साता अगाडि नै रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको सुनाए । उनले अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्वसन्ध्या बन्द गर्ने समयभन्दा अगाडि नै रेष्टुरेन्ट बन्द गर्न लागेको जानकारी दिए ।

कोरोनाको नयाँ भेरियन्टले कर्मचारी र आफुहरुको मनोबललाई असर गरिरहेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप