बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेट कम्पनीले शुल्कमा युद्ध छेडेपछि प्राधिकरणको चासो

शनिबार, ०३ पुस २०७८, १५ : १४
शनिबार, ०३ पुस २०७८

बजारमा सीजी नेट र फाइबर नेटको प्रवेशसँगै इन्टरनेट कम्पनी ‘प्राइस वार’मा उत्रिएपछि दूरसञ्चार प्राधिकरणले चासो देखाएको छ । कम्पनीहरूले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि प्राधिकरणले चासो देखाएको हो । 

एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘सेवा प्रदायकले सेवाग्राहीसँग लिने शुल्क/महसुल दर प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्छ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम कम्पनीहरूले महसुल तय गर्दा प्राधिकरणसँग अनिवार्य स्वीकृति लिनुपर्छ । तर, यसो नगरेपछि प्राधिकरणले सूचना जारी गर्दै कम्पनीहरूको आफूखुसी मूल्य निर्धारण प्रति चासो देखाएको हो ।

इन्टरनेट बजारमा चौधरी समूह र डिसहोमको प्रवेशसँगै प्राइस वार सुरु भएको छ । यी दुई समूहले सञ्चालन गरेको सीजी नेट र फाइबरनेटले प्रचलित मूल्यभन्दा सस्तोमा इन्टरनेट दिन थालेपछि आफ्ना ग्राहक होल्ड गर्न वर्ल्ड लिंक र भायानेट तथा सुविसुले इन्टरनेटको मासिक शुल्क घटाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप