शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न

शनिबार, ०३ पुस २०७८, १७ : ०६
शनिबार, ०३ पुस २०७८

लिभिङ विथ आईसीटीले आयोजना गरेको छैटौँ संस्करणको ‘आईसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । पुस २ गते शुक्रबार द काठमाडौंमा अवार्डको फिनाले सम्पन्न भएको हो ।

अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको छ । छैटौँ संस्करणको रूपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रक्रिया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।

एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आइसिटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन । आन्टप्रेनर आइसिटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गरे ।

नेपाली डायस्पोरा आइसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो । आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आइसिटी अवार्ड यस वर्ष भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढी सरकारी संस्थाहरुको प्रतिस्पर्धामा विभागले अवार्ड प्राप्त गरेको हो । 

यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमशः कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन ।

अवार्डमा महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक रूपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरूमध्ये ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरूले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तिन विधाका उत्कृष्ट १०÷१० गरी ३० मध्येबाट पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप