शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको खुला केन्द्रीय सदस्यमा सुनिल थापा १५ नम्बरमा, अरु नव प्रवेशीको के छ अवस्था ?

आइतबार, ०४ पुस २०७८, १६ : ३८
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यका लागि ५ जना नवप्रवेशी संघर्षरत छन् । राप्रपा परित्याग गरी आएका सुनील थापाले राम्रो मत प्राप्त गरेका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थापाले खुला ३५ मा १५६६ मत ल्याएर १५ नम्बरमा छन् ।

दिलेन्द्र बडू, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत जस्तो काँग्रेसका हस्तीलाई उछिनेर थापाले १५ नम्बरमा स्थान बनाएका छन् । २९९३ मत गन्दा विजयकुमार गच्छदार समूहका गणेश लामा र गोपाल दहित पनि ३५ भित्र छन् ।

गच्छदार समूहकै मंगल थारु र माओवादी केन्द्र छोडेर काँग्रेस बनेका शम्भुलाल श्रेष्ठ भने अहिलेसम्म ३५ नम्बरभन्दा अगाडि आउन सकेका छैनन् । मंगल थारु २९ र श्रेष्ठ ४२ नम्बरमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप