बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १८१ जना कोरोना संक्रमण पुष्टि, २८९ जना डिस्चार्ज

आइतबार, ०४ पुस २०७८, १६ : ५७
आइतबार, ०४ पुस २०७८

पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन् । ९८७२ जनामा गरिएको नमूना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयावधिमा १ जनाको मृत्यु भएको छ भने २८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५२७१ जना सक्रिय संक्रमित रहेका छन् भने ९७०२६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप