शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको ओमशान्ति चोकमा पुरुष मृत फेला

आइतबार, ०४ पुस २०७८, १७ : २८
आइतबार, ०४ पुस २०७८

काठमाडौंको शान्तिनगर स्थित ओमशान्ति चोकमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ओमशान्ति चोक घर भएका ४० वर्षीय रोशनराज शर्मा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

गएराती सुतेका शर्मा दिनभर कोठाबाट निस्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । चुकुल लगाएर सुतेको अवस्थामा उनि मृत भेटिएका हुन् । पारिवारिक स्रोतका अनुसार उनी लागुऔषध सेवनकर्ता हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप