बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, एमसीसीबारे टुङ्गोमा पुग्न फेरि कार्यदल

आइतबार, ०४ पुस २०७८, २१ : १०
आइतबार, ०४ पुस २०७८

आज २०७८ पुस ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा एमसीसीबारे टुङ्गोमा पुग्न फेरि बनाइयो कार्यदल, खुलातर्फ काँग्रेसको केन्द्रीय सदस्य पदका लागि यस्तो छ मत परिणाम, हेटौंडाबाट सुरु भयो मोडर्ना खोप अभियान, क्रिकेट खेलाडीसँग वार्ताको तयारीमा क्यान, लुम्बिनी प्रदेश : न संसद चल्छ, न त संसदीय समिति नै क्रियाशील छन्, एउटै भवनमा बागमती प्रदेश सरकारका पाँच मन्त्रालय, ६ मन्त्रालयमा छैनन् सचिव लगायत छन् ।

१. एमसीसीबारे टुङ्गोमा पुग्न फेरि बनाइयो कार्यदल
सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे टुंगोमा पुग्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका कार्यदलले एमसीसीका बारेमा टुंगो लगाउने छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सर्वदलीय बैठकले कार्यदल बनाएको हो । यसअघि खनालकै संयोजकत्वमा तत्कालीन नेकपाले पनि एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले एमसीसीका केही बुँदा परिमार्जन गर्न सुझाएको थियो ।

खुलातर्फ नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा पूर्व महामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यको मत गणना आइतबार साँझ सकिएको हो ।

कोरोनाविरुद्धको मोडर्ना खोप अभियान बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेका हुन् । यो खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउन थालिएको हो ।

​४. क्रिकेट खेलाडीसँग वार्ताको तयारीमा क्यान
राष्ट्रिय क्रिकेटका चार खेलाडीलाई कारवाही गरेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले खेलाडीहरूसँग वार्ताको तयारी थालेको छ । कारबाहीपछि चौतर्फी दबाबमा रहेको क्यानले वार्ताका लागि खेलाडीसँग सम्पर्क गरिरहेको जनाइएको छ । क्रिकेट खेलाडीमाथि भएको कारबाहीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसबारे चासो राखेका थिए ।

​५. लुम्बिनी प्रदेश : न संसद चल्छ, न त संसदीय समिति नै क्रियाशील छन्
लुम्बिनी प्रदेशमा संसदीय गतिविधि लगभग ठप्पजस्तै भएको छ । सरकार परिवर्तन भएसँगै प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्दै आएको छ भने मिनी संसद भनेर चिनिने विषयगत समितिहरु पनि धेरैजसो नेतृत्वविहीन छन् ।

मंसिर पूर्णिमा अर्थात् आइतबार नेपाल समुदायले योमरी पुन्ही मनाएका छन् । योमरी पुन्हीका दिन चामलको पिठोबाट बनाइएको योमरी (एक प्रकारको परिकार) खाने चलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवससमेत मनाउने गरिएको छ ।

बागमती प्रदेश सरकारले भौतिक संरचना तथा कर्मचारीको अभाव सामना गरिरहेको छ । दलीय भागवण्डा मिलाउनका लागि मन्त्रालयको संख्या थपिए पनि सो अनुसारको भौतिक संरचना र कर्मचारी व्यवस्थापनमा समस्या देखिएको हो । हाल प्रदेश सरकारका पाँच मन्त्रालय एउटै भवनमा छन् भने ६ वटा मन्त्रालयमा सचिवसमेत छैनन् ।

मंसिर पूर्णिमा अर्थात् आइतबार किराँत समुदायले उधौली पर्व मनाएका छन् । ठुलो संख्यामा किराँत समुदाय रहेको प्रदेश १ मा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको थियो । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १८१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २८९ जना संक्रमणमुक्त भएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप