भारतको आरएसएस भन्छ– नेपाल हिन्दु राष्ट्र हो

भारतको राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले नेपाल हिन्दु राष्ट्र रहेको बताएको छ । आरएसएसका अखिल भारतीय प्रचार प्रमुख एवं प्रवक्ता सुनिल अम्बेकरले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका हुन् ।
नेपाल संवाद केन्द्रले आयोजना गरेको कार्यक्रममा अम्बेकरले भारत र नेपाल दुवै हिन्दु राष्ट्र रहेको बताए । संविधानमा उल्लेख नहुनु छुट्टै कुरा भए पनि दुवै देश हिन्दु राष्ट्र रहेको उनको भनाइ थियो ।
उनले भने, ‘नेपाल हिन्दु राष्ट्र नै हो, यो कुरा संविधानमा उल्लेख नहुनु सरोकारको कुरा होइन, तर नेपाल हिन्दु राष्ट्र नै हो ।’
भारतले कहिल्यै पनि नेपाललाई संविधानमा हिन्दु राष्ट्र उल्लेख गर नभनेको तर संविधानमै नेपाल हिन्दु राष्ट्र भयो भने भारत खुशी नै हुने उनको धारणा थियो । ‘आरएसएस कुनै धर्मको विरोध गर्नका लागि गठन भएको होइन, सबै धर्मलाई उत्तिकै सम्मान गर्छ,’ उनले भने, ‘विश्वका हिन्दुहरुसँग आरएसएस सम्पर्क बनाएर बसेको छ । विश्वमा आरएसएसले जहाँ जहाँ सम्पर्क बनाएको छ, त्यहाँ विभिन्न संगठनको नाममा हिन्दुको लागि काम भइरहेको छ ।’
तर, भारतबाहेक आरएसएसको संगठन अन्यत्र कहीँ पनि नरहेको दावी गर्दै उनले आरएसएसले हिन्दुका लागि धेरै ठाउँमा काम गरिरहेको बताए । पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘भारतीय जनता पार्टी भनेको आरएसएस होइन, आरएसएसबाट प्रशिक्षित भएर भाजपा खोलिएको हो । भाजपा भनेको आरएसएस, आरएसएस भनेको भाजपा होइन ।’
भाजपामाथि आरएसएसको कुनै हस्तक्षेप नरहेको दावी गर्दै उनले भाजपा स्वतन्त्र भएर काम गरिरहेको बताए । उनले भने, ‘भाजपाले आफ्नो निर्णय आफै गर्छ ।’ कार्यक्रममा हिन्दु स्वयं सेवक संघका सहचार्य एवं पूर्व एआइजीपी कल्याणकुमार तिमिल्सिनाको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण
-
धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल