मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ समाजले काठमाडौंमा ‘चासोक तङ्नाम’ मनाउँदै

मङ्गलबार, ०६ पुस २०७८, ११ : ४२
मङ्गलबार, ०६ पुस २०७८

ताप्लेजुङ समाज नेपालले काठमाडौंमा किराँत समूदायको मौलिक चाड ‘चासोक तङ्नाम’ मनाउने भएको छ । ताप्लेजुङ घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका समूदायलाई मध्यनजर गर्दै किराँत लिम्बु समुदायको मौलिक चाड चासोक तङ्नाम मेला (उधौली पर्व) को आयोजना गर्न लागिएको संस्थाका कार्यवाहक अध्यक्ष रमेश बरालले जानकारी दिए।

विशेष गरेर यस संस्थाले ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जातजाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरीवाज तथा मौलिक चाडपर्वहरूको संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। त्यसकै निरन्तरता स्वरुप चासोक तङ्नाम मेला आयोजना गर्न लागिएको बरालको भनाइ छ । 
उक्त कार्यक्रम पुस १० गते काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा परम्परागत भेषभूषा तथा सांस्कृतिक झाँकीसहित मनाउन लागिएको हो । आयोजकले परम्परागत धर्म संस्कृति र रीतिरिवाजप्रति नयाँ पुस्तालाई प्रेरित हुनेगरी आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ । 

कार्यक्रममा परम्परागत खानाका परिकार, ताप्लेजुङमा उत्पादित हस्तकलायुक्त सामग्रीहरू, ढाका, राडी, पाखी, गलैँचा आदिको अवलोकन गर्न पाइने पनि आयोजकले जनाएको छ ।  यस्तै झाँक्री नाच, धान नाच, बिजुवा नाच, च्याब्रुङ नाच, याक नाच, स्याब्रो नाच, तामाङ सेलो, साकेला नृत्य, बालन, सँगिनी जस्ता धार्मिक साँस्कृतिक प्रस्तुति रहने आयोजकको भनाइ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप