शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सबको फोन’, जहाँ एक मिनेटमै बेच्न सकिन्छ ‘सेकेन्ड ह्यान्ड’ मोबाइल

मङ्गलबार, ०६ पुस २०७८, ११ : ५४
मङ्गलबार, ०६ पुस २०७८

के तपाईंलाई आफूले चलाइरहेको मोबाइल बोक्न झिजो लाग्यो ? या घरमै थन्क्याएर राखेको ‘सेकेन्ड ह्यान्ड’ मोबाइल बेचेर नयाँ किन्ने मुडमा हुनुहुन्छ ? यदि यस्तो योजनामा हुनुहुन्छ भने तपाईंका लागि उत्तम विकल्प हुन सक्छ ‘सबको फोन’ । विगत अढाई वर्षदेखि ‘सेकेन्ड ह्यान्ड’ मोबाइलको व्यवसाय गरिरहेको कम्पनी हो, ‘सबको फोन’ ।

पानी पसेर बिग्रिएको, स्क्रीन फुटेको, ब्याट्री बिग्रिएको वा अरु केही कारणले प्रयोगविहीन अवस्थामा रहेको अथवा चलिरहेको नै किन नहोस् ‘सबको फोन’ले किनिदिनेछ तपाईंको ‘सेकेन्ड ह्यान्ड’ मोबाइल । ग्राहकले बेच्न चाहेको मोबाइल ‘सबको फोन’ले उचित मूल्याङ्कन गरी खरिद गर्नुका साथै राम्ररी मर्मत गरेर ‘वारेन्टी’सहित पुनः विक्रीमा राख्छ ।

‘सबको फोन’का सञ्चालद्वय उत्तम काफ्ले र सुवेच्छा तिवारीका अनुसार ‘सबको फोन’मार्फत उपभोक्ताले सहजै ‘सेकेन्ड ह्यान्ड’ मोबाइल बेच्न र कम मूल्यमा चाहेको ब्राण्डेड मोबाइल ‘वारेन्टी’सहित किन्न सक्नेछन् । ‘हामीले खरिद गरेका मोबाइल मर्मत गरी आफ्नै लोगो र नामअंकित बक्समा चार्जर, इयरफोन प्याक गरेर नयाँ फोनझैं उपलब्ध गराउने गरेका छौं’, कम्पनीका को–क्रिएटर काफ्ले बताउँछन् ।

सेकेन्ड ह्यान्ड मोबाइल विक्रीका लागि ‘सबकोफोनडटकम’ खोलेर बेच्न चाहेको मोबाइलको ब्रान्ड र मोडल नम्बर छनोट गर्नुपर्ने छ । त्यसपछि सोधिएका केही सामान्य प्रश्नको उत्तर दिनु भएमा तपाईंको मोबाइलको उचित मूल्याङ्कन हुनेछ । कम्पनीले दिएको मूल्य उचित लागे तपाईं मोबाइल विक्री प्रक्रियामा अघि बढ्न सक्नु हुनेछ । को–क्रिएटर काफ्लेका अनुसार यो प्रक्रिया मात्र एक मिनेटको समयमा सकिन्छ ।

उनका अनुसार कम्पनीले दुई तरिकाबाट सेवा प्रवाह गरिरहेका छ । पहिलो, ललितपुर सानेपास्थित खरिवोटमा रहेको मोबाइल स्टोरमा पुगेर उपभोक्ता आफैले फोन चेक गराएर बेच्न सक्नु हुनेछ अथवा कम्पनी आफैले उपत्यकाभित्रका उपभोक्ताले भनेकै ठाउँमा पुगेर मोबाइल खरिद गर्नेछ ।

त्यसो त कम्पनीले पुराना फोन खरिद गरी मर्मत गर्ने र नयाँ बनाएर बेच्नेमात्र उद्देश्य राखेको छैन ।  विशेष गरी फोनको आयु र प्रयोगको समय बढाउन तथा पर्यावरणलाई केन्द्रमा राखेर विश्वमा बढ्दै गएको विद्युतीय फोहोर व्यवस्थापनमा पनि टेवा पुर्याउने कम्पनीको उद्देश्य रहेको को–क्रिएटर काफ्ले जनाउँछन् ।

विद्युतीय फोहोरको पुनः प्रयोगबारे सन्देश फैलाउनु, देशमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण गर्दै आन्तरिक व्यापारलाई टेवा पुर्याउनु पनि कम्पनीको उद्देश्य रहेको छ । हाल काठमाडौं उपत्यकामा मात्रै सेवा दिइरहेको ‘सबको फोन’ले अबको केही दिनमै पोखरमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको को–क्रिएटर काफ्ले बताउँछन् । कबाडवालासंग सामान्य प्लास्टिकको भाँडासंग बिग्रिएको सेकेन्ड ह्यान्ड मोबाइल साट्नुभन्दा ‘सबको फोन’मार्फत् उचित मोल पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप