मधेसी कोटामा विनोद चौधरी जित नजिक
मङ्गलबार, ०६ पुस २०७८, ०५ : ००

नेपाली काँग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् ।
पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौँ स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाएका छन् । छैटौँ स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक
-
नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको पहिलो जित
-
सर्वदलीय बैठकमा मुख्यमन्त्री र एमालेबिच चर्काचर्की, बजेटमै अड्कियो छलफल
-
अहिले नै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू