शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय मतमा शशांकलाई पछि पार्ने को हुन् मुक्ताकुमारी यादव ?

मङ्गलबार, ०६ पुस २०७८, १९ : १६
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले अहिलेसम्म सर्वाधिक मत पाएकी छन्। १३ पदाधिकारी र ७१ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदा यादवले सर्वाधिक मत पाएकी छन् ।

मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा खसेको ४६७१ मतमध्ये मुक्ताले  ३९६० मत प्राप्त गरेकी हुन् । खसेको मतको करिब ८५ प्रतिशत मत प्राप्त गरी उनी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए। 

मुक्ताले कोइरालालाई १२४ मतले पछाडि परेकी छन् । सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरी तीनवटै प्यानलमा उनको नाम थियो । १२ औं महाधिवेशनमा भने मधेसी महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भइएकी थिइन् ।

को हुन् यादव ?

मुक्ता कुमारी यादवको जन्म बाबु २०३४ साल भदौ १३ गते महोत्तरीमा भएको हो ।  हाल उनी धनुषा क्षेत्र नम्बर २ स्थित सहिदनगर नगरपालिका– १ को बालाबाखरमा बस्छन् ।

स्नातकसम्म अध्ययन गरी उनी राष्ट्रिय सभाकी पूर्व सांसद समेत हुन् । यादवले २०५३ सालबाट राजनीति यात्रा सुरु गरेकी थिइन् । राजनीतिमा आउनुअघि उनी शिक्षण र कृषी पेसमा आबद्ध थिइन् । २०५३ मा काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ  जिल्ला कार्यसमिति सदस्यबाट उनको राजनीति यात्रा सुरु भयो । 

नेपाल शिक्षक युनियनमा आबद्ध भएकी मुक्ता ०५७ मा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि भइन् । राजनीतिक आस्थाका आधारमा  तत्कालीन नेकपा माओवादीका कारण ०५७ मा उनी जिल्लाबाट विस्थापित हुनु परेको थियो । ०७० मा दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद भएकी थिइन् । यादवले राज्यबाट संविधानसभा पदक पनि पाएकी छन् । 

२०७४ मा उनी प्रदेश २ बाट काँग्रेसको राष्ट्रिय सभा सदस्य भइन् । यादव राष्ट्रियसभा सदस्यमा २ वर्षे कार्यकाल बिताएर विदा भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप