थारुतर्फको खुल्ला केन्द्रीय सदस्यमा रामजनम र योगेन्द्र विजयी
महिलातर्फ कल्पना र जीवन निर्वाचित
मंगलबार, ०६ पुस २०७८, १९ : ३७

नेपाली काँग्रेसको थारुतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै चार जना निर्वाचित भएको छन् । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा समाहित भएका उनीहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका उनीहरु १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिबाट अनुमोदन भएका छन् ।
रामजनमले २५०३ मत ल्याउँदा योगेन्द्रले २१९८ मत ल्याएका छन् । यस्तै थारु महिलातर्फ २ सिटमा पनि देउवा पक्षकै कल्पना चौधरी २५२४ र जीवन राना २३४९ ल्याएर विजयी भएका छन् ।