बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेबी डाइनासोर अण्डाभित्र पूर्ण सुरक्षित अवस्थामा फेला

बुधबार, ०७ पुस २०७८, १४ : ३५
बुधबार, ०७ पुस २०७८


बच्चा डाइनासोरको असाधारण अवशेष अण्डाभित्र घुम्रिएर बसेको विषयले डाइनासोर र चराबीचको सम्बन्धलाई अझै बलियो बनाएको छ ।

७ करोड वर्ष पुरानो अवशेषमा विकास भएको कंकाल ओभिराप्टोरिड प्रजातिको डाइनासोरको रहेको सीएनएनले जनाएको छ । यसको उपनाम बेबी इङलियाङ राखिएको छ । यो नाम अवशेष सुरक्षित राख्ने चिनियाँ सङ्ग्रहालयको नामबाट राखिएको हो । बेबी डाइनोसोरको हड्डी स–साना र धरमराउँदो अवस्थामा छन् । यसलाई दुर्लभ रुपमा मात्रै सुरक्षित राख्ने गरिएको छ । यसलाई अत्यन्त भाग्यपूर्ण उपलब्धी मानिएको क्यानडास्थित युनिभर्सिटी अफ कालगेरीका एसोसियट प्रोफेसर डारला जेलेनिट्स्कीले बताएकी छन् ।

‘यो अत्यन्त विशिष्टतम विषय हो । म डाइनासोरको अण्डाको विषयमा २५ वर्षदेखि काम गर्दै आएको छु र यो जस्तै अन्य पनि फेला पर्न अझै बाँकी नै छ,”जेलेनिट्स्कीले बताइन् । उनी जर्नल आईसाइन्सका सह–लेखक पनि हुन् ।

‘हालसम्मको अवधिमा डाइनोसोरसको अण्डाबाट चल्ला निक्लनुुपूर्व के भइरहेको थियो भन्ने विषयमा थोरै मात्र जानकारीमा आएको छ । किनकी हालसम्म थोरै मात्र कंकाल फेला परेका छन्,’ उनले ईमेलबाट जानकारी गराइन् ।

यो अण्डा १७ सेन्टिमिटरको हाराहारीमा लामो रहेको छ र टाउकोदेखि पुच्छर सम्म डाइनासोर अनुमानित २७ सेन्टिमिटरको छ । वयस्कको अवस्थासम्म बाँचेको भए यो २ देखि ३ मिटरसम्म लामो हुने  अन्वेषकहरुले अनुमान गरेका छन् ।


डाइनासोर पुनः फेला


चीन, यूके र क्यानडाका अनुुसन्धानकर्मीले गरेको अध्ययन अनुसार डाइनासोरले बच्चा कोरल्नुपूर्व उनीहरु चरा झैं यताउता चलमलाउने र आफ्नो स्थानमा परिवर्तन गर्ने गरेको निचोड निकालेका छन् ।

आधुनिक चराहरुमा यस खालको गतिविधिलाई ‘टकिङ’ भनिन्छ । यी गतिविधि केन्द्रीय स्नायु प्रणालीले नियन्त्रण गर्ने र कोरल्ने काममा अति नै प्रभावकारी हुने बताइएको छ ।

‘डाइनासोरको अण्डामा सुरक्षित रहेको भ्रुण देख्न पाउँदा हामी खुसी भएका छौँ । यो चरा जस्तैगरी पल्टिरहेको थियो । नउड्ने डाइनासोरमा यस खालको अवस्था पहिले देखिएको थिएन,’ अध्ययनका प्रमुख लेखक तथा बेलायतको बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ता वेसम माले एक बयानमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप