मलेसियामा बाढीबाट १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित
बुधबार, ०७ पुस २०७८, १७ : ४३
मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।
मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो