यस्तो छ फिल्म ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ गीत

१६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा थप बल पुर्याउन नयाँ गीत ल्याएको हो ।
लोक शैलीमा तयार गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ ।
एक राजकुमारले दरबारमा रहँदा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्ष फिल्मले कथा बनाएको छ ।
गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको फिल्म हरर जनरामा निर्माण भएको हो । भिमसेन लामाको निर्देशन रहेको फिल्मका पृथ्वी राना मगर निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।
अष्ट्रेलियाका छायांकार जोएल फ्रूमले खिचेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित