बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१० गुण तीव्र दरमा पग्लिरहेको छ हिमनदी, बढ्दै छ समुद्रको जलस्तर तर पिउने पानीको हाहाकार हुने

बिहीबार, ०८ पुस २०७८, ११ : ०४
बिहीबार, ०८ पुस २०७८

तेस्रो धु्रवको नामले चिनिने हिमालय अन्टार्कटिका र आर्कटिकपछि हिमनदीको तेस्रो ठूलो स्रोत हिउँ हो । तर जलवायु परिवर्तनका कारण यसको हिउँ असाधारण गतीमा पग्लिरहेको छ । साइन्स जर्नल साइन्टिफिक रिपोर्टमा प्रकाशित एक हालैको अनुसन्धानका अनुसार यसबाट एसियामा गंगा, ब्रह्मपुत्र र सिन्धु नदीको किनारामा बस्ने करोडौँ भारतीय नागरिकमा पानीको संकट निम्तिन सक्छ ।

४०० देखि ७०० वर्ष पहिलेको तुलनामा विगतका केही दशकमा हिमालयको हिमनदी १० गुण तीव्र दरमा पग्लिरहेको छ । यो गतिविधि २००० वर्ष पछिको सबैभन्दा बढी हो ।

बरफ पग्लिने गती ‘लिटिल आइस एज’ को तुलनामा १० गुणा बढीः

बेलायतको लीड्स युनिभर्सिटीका सोधकर्ताका अनुसार हाल हिमालयबाट बरफ पग्लिने गति लिटिल आइस एजको समयभन्दा औसतमा १० गुण बढी छ । लिटिल आइस एजको समय १६ देखि १९ औ शताब्दीको बिचमा थियो । यो अवधिमा पहाडी हिमनदीको विस्तार भएको थियो । वैज्ञानिकहरुको भनाइलाई आधार मान्ने हो भने हिमालयको हिमनदी अन्य  हिमनदीको तुलनामा तीव्र दरमा पग्लिरहेका छन् ।

यसरी भएको थियो अनुसन्धान

वैज्ञानिकको टोलीले लिटिल आइस एजको समयमा हिमालयको स्थितिको पुनर्निर्माण गरेका थिए । उनीहरुले १४ हजार ७९८ हिमनदीको बरफको सतह र आकारलाई भू–उपग्रहबाट प्राप्त भएको तस्बिरसँग परीक्षण गरेका थिए । हाल हिमनदीले आफ्नो ४० प्रतिशत हिस्सा गुमाइसकेको छ । यसको क्षेत्र २८ हजार वर्ग किलोमिटरबाट घटेर १९ हजार ६०० वर्ग किलोमिटरमा सीमित भएको छ ।

विश्वभरीनै बढेको छ समुद्रको जलस्तर

अनुसन्धानमा शोधकर्ताले हाल सम्म हिमालमा ३९० देखि ५८० वर्ग किलोमिटर बरफ पग्लिसकेको बताएका छन् । यसले समुुद्रको जल स्तरमा ०.०३ देखि ०.०५ इन्चसम्म बढिसकेको छ । यसका अतिरिक्त बरफ हिमालयको पूर्वी इलाकातार्फ तीव्र दरमा पग्लिरहेको छ । यो क्षेत्र पूर्वी नेपालदेख भुुटानको उत्तरसम्म फैलिएको छ ।

थोपा–थोपा पानीको प्यासी हुनेछन् करोडौँ मानिस

शोधमा वैज्ञानिकले मानेका छन् कि हिमालयको हिमनदी पग्लनुको कारण मानव प्रेरित जलवायु परिवर्तन हो । यसले समुद्रमा पानीको स्तर बढिरहेको छ भने अर्कातिर मानिसको प्रयोगमा आउने पानी कम हुँदै गएको छ । शोधकर्ताका अनुसार आगामी समयमा करोडौ मानिस पानी, खाना र उर्जाको अभाव खेप्न बाध्य हुनेछन् । यो विशेषगरी एशियामा गंगा, ब्रह्मपुत्र र सिन्धु नदीको किनारामा बस्नेहरुका लागि हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप