शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई नेतृत्वमा बसिरहन मन छैन : प्रचण्ड (भिडियो अन्तरवार्ता)

मैले जुन दस्ताबेज बनाउँदै छु, राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ
बिहीबार, ०८ पुस २०७८, २१ : ३२
बिहीबार, ०८ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र चाहनाअनुसार नेतृत्व विकास हुनुपर्ने बताएका छन् । ‘आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यकता र चाहनाले नेतृत्व विकास हुने कुरा हो’, प्रचण्डको भनाइ छ । नेतृत्वमा रहिरहने आफ्नो व्यक्तिगत कुरा नभएको प्रचण्डले बताए ।

‘यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु’, न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा प्रचण्डले भने, ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर्ड भएर संस्मरण लेख्न पो राम्रो छ । तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ । र नेतृत्वप्रति गर्व गर्नेछ ।’

राष्ट्रिय सम्मेलनपछि पार्टीको कार्यदिशामा ठुलो परिवर्तन आउने उनको दावी छ । २०६९ सालमा हेटौडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेकाले र देश भित्र भएका राजनैतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको प्रचण्डले बताए । 

अर्को प्रसंगमा प्रचण्डले एमसीसी संशोधन गरेर मात्र अगाडि बढाउन सकिने बताए । एमसीसीको केहि दस्तावेजमा भएका प्रावधानले संशय पैदा गरेको भन्दै अध्यक्ष प्रचण्डले संशोधन आवश्यक रहेको बताएका हुन् । 

प्रचण्डले न्युज एजेन्सी नेपाललाई दिएको अन्तरवार्ता भिडियोमा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप