बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

शुक्रबार, ०९ पुस २०७८, ०९ : ३९
शुक्रबार, ०९ पुस २०७८

गएराति गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । भने, एक जना  घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको  बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खस्दा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको हो ।  

 घटनास्थलमा बेहोस फेला परेका उनको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै सोही मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३१ बर्षीय धनबहादु ढेंगाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप