आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकमा सहजै डलर साट्न पाइने

शुक्रबार, ०९ पुस २०७८, १२ : २२
शुक्रबार, ०९ पुस २०७८

पछिल्लो समय मुलुकमा विदेशी मुद्रा (डलर) को सञ्चित घटिरहेको भनिएको बेला सिटिजन्स बैंकले भने डलर सटहीको सुविधा प्रदान गरेको छ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराकासाथ बैंकले आफ्ना सेवाहरुलाई थप परिष्कृत गर्दै आफ्ना सेवाग्राहीहरुलाई डलर सटहीको सुविधा प्रधान गरेको हो । 

यस्तो डलर विदेशबाट सिधै आयात गरी बिक्री बितरण शुरु गरिएको बैंकले जनाएको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्नुका साथै ग्राहकहरुको मागलाई समेत पूरा गर्न उद्देश्यले बैंकले अमेरिकी डलर आयात गरेको जनाएको छ । 

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहक महानुभावहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । 

यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरबारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्युरोड, डिल्लीबजार, नयाँबजार, भैंसेपाटी लगायतका शाखाहरूबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप