सिटिजन्स बैंकमा सहजै डलर साट्न पाइने

पछिल्लो समय मुलुकमा विदेशी मुद्रा (डलर) को सञ्चित घटिरहेको भनिएको बेला सिटिजन्स बैंकले भने डलर सटहीको सुविधा प्रदान गरेको छ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराकासाथ बैंकले आफ्ना सेवाहरुलाई थप परिष्कृत गर्दै आफ्ना सेवाग्राहीहरुलाई डलर सटहीको सुविधा प्रधान गरेको हो ।
यस्तो डलर विदेशबाट सिधै आयात गरी बिक्री बितरण शुरु गरिएको बैंकले जनाएको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्नुका साथै ग्राहकहरुको मागलाई समेत पूरा गर्न उद्देश्यले बैंकले अमेरिकी डलर आयात गरेको जनाएको छ ।
विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहक महानुभावहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरबारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्युरोड, डिल्लीबजार, नयाँबजार, भैंसेपाटी लगायतका शाखाहरूबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर