बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना

शनिबार, १० पुस २०७८, ०८ : १४
शनिबार, १० पुस २०७८


मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । 
 
यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशको पहाडी भूभागको एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै,  देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप