बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेबाहेक अरु बामपन्थी होइनन् : केपी ओली

शनिबार, १० पुस २०७८, २१ : ३०
शनिबार, १० पुस २०७८

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए । उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पुर्याएको दाबी पनि गरे ।

चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ लाई सो अवसरमा नेकपा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो । पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप