ललितपुर महानगरको नागरिक सचेतना अभियान सुरु (फोटो)
ललितपुर महानगरपालिकाले आइतबारदेखि नागरिक सचेतना अभियान सुरु गरेको छ । ‘स्वच्छ सुन्दर ललितपुर’ भन्ने नारासहित नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ललितपुर नगर प्रहरीले एक हप्ता लामो सचेतना अभियान गर्न लागेको हो ।

सचेतना अभियान अन्तरगत पहिलो दिन आइतबार ललितपुर नगर प्रहरीले मोटरसाइकल र्यालीको आयोजना गरेको छ । सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित र्यालीको आयोजना गरिएको थियो । ‘महानगरका जनतालाई धेरै नियमहरू थाहा छैन । कहिलेकाहीँ वहाँहरु कारबाहीमा हामीलाई त यो कुरा थाहा नै थिएन भन्नुहुन्छ,’ ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमहरूबारे जानकारी दिनेदेखि स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे पनि सचेतना फैलाउँछौँ ।’

उनका अनुसार सचेतना कार्यक्रममा फोहोर व्यवस्थापन, सवारी पार्किङ, फुटपाथ अतिक्रमण भवन निर्माणदेखि करबारे नागरिक जानकारी दिइनेछ । यसका लागि पर्चा बाँड्नेदेखि टोलटोलमा पुगेर माइकिङ गर्नेसम्मको कार्य गरिने हाछेथुले जानकारी दिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण