शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक सय वर्षमा पाँचौ पटक भेटियो हिँड्ने माछा, के भन्छन् वैज्ञानिक ?

आइतबार, ११ पुस २०७८, ११ : ४०
आइतबार, ११ पुस २०७८

अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो । यो माछा करिब २२ वर्षअगाडि तस्मानियाको तटमा सन् १९९९ मा देखिएको थियो । यो माछा एक सय वर्षअगाडि पहिलोपटक भेटिएको थियो । त्यसपछि अहिलेसम्म पाँचौँ पटक भेटिएको छ । 

के हो ह्याण्डफिस ? 
यो माछाको प्रजाति एंगलरफिस समूहमा पर्छ । यो आकारमा सानो हुन्छ । यसको स–साना हातहरु हुन्छन् । यो माछाले यसको प्रयोग तैरिन र समून्द्रको तल्लो भागमा हिँड्नको लागि प्रयोग गर्छ । वैज्ञानिकका अनुसार पिंक ह्याण्डफिस निकै छोटो हुने भएकाले यसलाई पहिचान गर्न मुश्किल पर्छ । यो केवल १५ सेन्टिमिटरको हुन्छ । 

यसअघि २२ वर्षअगाडि देखिएको थियो त्यसैले यसलाई वैज्ञानिकहरुले खतराको सूचीमा राखेका थिए । तर, यो माछा विभिन्न ठाउँमा गरी १४ वटा भेटिएको छ त्यसैले विस्तारै यसको संख्या बढी हुन सक्ने अनुमान छ । 

फेब्रअरी २०२१ मा अष्ट्रेलियाको मरीनका रिसर्चरहरुले तस्मान फ्र्याक्चर मरीन पार्कस्थित समूद्रको तल क्यामेरा जडान गरेका थिए । महिनौँपछि फुटेज जाँच गर्दा पिंक ह्याण्डफिश भेटिएको थियो । यस मरीन पार्कमा वैज्ञानिकहरु विभिन्न प्रकारका अनुसन्धान गर्ने गर्छन् । त्यहाँ पानीको गहिराई ४ हजार मिटर छ । 

वैज्ञानिकका अनुसार यो प्रजातिको माछा १५ देखि ४० मिटरको गहिराईमा भेटिन्छ । यसपटक यो माछा १२० मिटर तल भेटिएको हो । प्रोफेसर नेविल ब्यारेट भन्छन्, ‘यस माछा अघिल्लो शताब्दीमा केही मात्र देखिएका थिए । त्यसैले यो प्रजातिको माछा अत्यन्त दुर्लभ छ । यो लोप हुने अवस्थामा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप