अफगानिस्तानमा तालिवानले गर्याे निर्वाचन आयोग विघटन
आइतबार, ११ पुस २०७८, १२ : ०२
तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयाेगकाे अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’
पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।
देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गल्फमा भारतलाई १४ स्ट्रोकले पछि पार्दै नेपालले जित्यो स्वर्ण
-
विद्युतीय व्यापार सम्झौतादेखि सीमानाकाका विषयसम्म उठाइने
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणदेखि नागरिकता विधेयकबारे छलफल
-
कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी
-
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ
-
वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?