बलिउडकी चर्चित गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।
फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो ।
नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । ‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ’ खानले भने– ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’ नेपालमा बलिउड सेलिब्रेटीको प्रस्तुति नभएको धेरै समय भएको समेत उनले सुनाए ।
कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इन्डियन आइडल, आवाज पञ्जाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।\
पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् ।
केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा उनले आफ्नो स्वरको जादु पस्किसकेकी छिन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उने कार्यक्रममा उनले आफ्ना हिट नम्बरबाट दर्शक नचाउने छिन् ।
कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका