बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्नुअघि सबैले गर्नुपर्छ यी ८ काम, नभए तपाईंलाई हुनेछ अफसोस

सोमबार, १२ पुस २०७८, १६ : ४४
सोमबार, १२ पुस २०७८

सोसल मिडियामा स्क्रोल गरेर हेर्दा साथीभाइ वा आफन्तको विवाहको तस्बिर देख्नुहुन्छ होला । यस्तै कतिले इन्गेजमेन्ट त केहीले हनिमुनका फोटो पनि सेयर गरिरहेका होलान् । यो देखेर तपाईंलाई पनि परिवारका सदस्यले विवाह गर भन्ने दबाब दिइरहेका होलान् ।

महिला होस् वा पुरुष हरेकको जीवनमा विवाहले केही परिवर्तन ल्याइदिएकै हुन्छ । यो कुरालाई तपाईंले पनि महसुस गर्नुभएको होला । जो साथीलाई तपाईंले दिनदिनै भेट्नु हुन्थ्यो, उनीहरु आज कम भेट्न भेट्न थालेका छन् । उनीहरुको पारिवारिक जिम्मेवारी बढेका कारण यस्तो भएको हो ।

लाइफ कोच तथा लेखिका सारा इ स्टिवर्ट भन्छिन्, ‘विवाहले सबैकुरा फेरिदिन्छ ।’

यदि तपाईं पनि विवाह गर्ने योजना बुनिरहनुभएको छ भने यहाँ दिइएका ८ कामबारे पढ्नुहोस् र तपाईंले ती काम गर्नुभयो कि भएन भनेर मनन गर्नुहोस् । विवाह अघि यी काम गर्न विज्ञको सल्लाह छ ।

१. सम्बन्धमा रहनुहोस्ः

सम्बन्धमा रहँदा र कसैलाई डेट गरेपछि हाम्रा लागि को सही छ, को गलत छ भन्ने थाहा हुन्छ । सेक्सोलोजिस्ट, रिलेशनशिप एक्सपर्ट तथा राइटर डन माइकल भन्छन्, ‘विवाह गरेपछि जो पनि खुसी हुन्छ र उसको जीवन परिवर्तन हुन्छ । मेरो मान्यता यो छ कि सम्बन्ध एउटा यस्तो प्रक्रिया हो जसबाट हामी सबै गुज्रिनुपर्छ ।’

यस्तै, साइकोथेरेपिस्ट फ्रान वालफिस भन्छन्, ‘जोडीले कम्तिमा एक पटक सम्बन्धको अनुभव गर्नुपर्छ । यसो हुँदा भविष्यका लागि तयार हुनसक्छ ।’

२. एक्लै वा रुममेटसँग बस्नुहोस्ः

एक्लै वा रुममेटसँग बस्दा तपाईंले धेरै कुरा सिक्नुहुन्छ । यस्तो गर्दा तपाईं आर्थिक र भावनात्मक रुपमा आफूले आफैंलाई तयार गर्नुहुन्छ र परिस्थितिसँग लड्न सिक्नुहुन्छ । एक्लै वा रुममेटसँग बस्दा तपाईंले घरको जस्तै सुविधा पाउनुहुन्नँ । जस्तै, आमाको हातको खाना, धोइएका कपडा, सफा घर आदि । जब तपाईं एक्लै बस्नुहुन्छ तब सबै काम तपाईं आफैंले गर्नुपर्छ ।

३. आर्थिक रुपमा सबलः

चाहे तपाईं जागिर खाइरहनुभएको छ वा कुनै अन्य काममार्फत् तपाईंको आम्दानी भइरहेको छ, जोसुकै पनि आर्थिक रुपमा स्वतन्त्र हुन आवश्यक छ । यो कुरा विवाह अघि नै थाहा पाउनुपर्छ ।

आर्थिक रुपमा सबल हुनुको अर्थ यो हो कि विवाह अघि कुनै समस्या आइहाले पनि तपाईंले विवाह अघि जम्मा पार्नुभएको पैसाले त्यो मुश्मिल समयसँग जुध्न सक्नुहुन्छ ।

४. पार्टनरसँग झगडा गरेर हेर्नुहोस्ः

विज्ञका अनुसार तपाईंका प्रेमी वा भावी श्रीमानले झगडा परेका बेला तपाईंलाई कसरी सम्हाल्छन् भन्ने कुरा तपाईंले विवाह अघि थाहा पाउनुपर्छ किनभने यो सफल विवाहको कुंजी हो ।

थुप्रै पटक जोडीबीच असमझदारी वा एकै मुद्दामा भिन्न राय भएका कारण मतभेद हुने गर्छ । त्यसैले विवाह अघि प्रेमीसँग स्वस्थ झगडा गर्दा तपाईंको पार्टनरमा तपाईंलाई सम्हाल्ने, आफूलाई बुझ्ने र परिस्थितिसँग लड्ने क्षमता कति छ भनेर थाहा हुन्छ ।

५. यात्राः

यदि तपाईंले संसारको सुन्दरता देख्ने र अनुभव गर्ने मौका पाउनुभएको छैन भने विवाह अघि घुम्नु सही समय हो । नभए विवाह पछि त जिम्मेवारीका कारण योजना मात्रै बन्ने गर्छ । यद्यपि, तपाईंको पार्टनरलाई पनि घुम्ने शौख छ भने विवाह पछि पनि सँगै घुम्न सक्नुहुन्छ ।

६. शौख विकसित गर्नुहोस्ः

हरेक व्यक्तिको कुनै न कुनै शौख हुन्छ । तर केही मानिसहरु यस्ता हुन्छन् जसलाई आफ्नो शौखबारे थाहै हुँदैन । तर ती व्यक्तिले थाहा पाउनुपर्छ कि शौखले मानिसलाई जीवन जिउने कला सिकाउँछ । विवाह अघि आफ्नो शौखको सूची तयार पार्नुहोस्, जस्तैः घुम्नु, पढ्नु, लेख्नु, योग, गीत गाउनु, नाच्नु आदि ।

आफूलाई मनपरेको कुरा गर्दा मुड राम्रो हुन्छ, तनाव पनि हट्छ । यसले तपाईंको वैवाहिक जीवन रोमाञ्चकसमेत बनाउँछ ।

७. सपोर्ट सिस्टम बनाउनुहोस्ः

विवाह गरेपछि तपाईंको फ्रेन्ड सर्कल फेरिन्छ । विवाह अघि तपाईंको केटा–केटी साथी पनि हुन्छन् तर विवाहपछि तपाईंको उनीहरुसँग कुराकानी कम हुन थाल्छ । त्यसैले विवाह अघि नै यस्ता फ्रेन्ड सर्कल तयार गर्नुहोस्, जोसँग विवाहपछि पनि परिवारजस्तै घुम्न सक्नुहोस् । यस्तो बलियो सपोर्ट सिस्टम वा साथी सर्कल निकै आवश्यक हुन्छ ।

८. ग्रुमिङमा ध्यान दिनुहोस्ः

धेरैजसो मानिस आफ्नो ग्रुमिङमा धेरै ध्यान दिँदैनन् । यद्यपि, सबैलाई राम्रोसँग ग्रुम गरिएका मानिस नै मनपर्छ । त्यसैले समय निकालेर आफ्नो ग्रुमिङमा ध्यान दिनुहोस् । यस्तो गर्दा तपाईंको कन्फिडेन्स आउनेछ जुन लामो समयसम्म यथावत् रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप