शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको प्रतिवेदनमाथि मंगलबारदेखि २५ समूहमा छलफल गर्ने तय

सोमबार, १२ पुस २०७८, १७ : २९
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल सुरु हुने भएको छ । 
अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेश गरेसँगै सो प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको हो । 

विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्रदेश २ को दुई समूहको छलफल पनि प्रज्ञा भवनकै पारिजात हलमा हुनेछ । 
यस्तै पुस्तकालय हलमा लुम्बिनीको विभाजन गरिएको दुई समूहको छलफल हुनेछ भने गण्डकीको दुई समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ । यस्तै प्रवास समूहको पनि पेरिसडाँडामै हुनेछ । 

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई–दुई समूहको ए वान पार्टी प्यालेस, विभागको क्वालिटी ब्याङ्क्वेटमा दुई समूहमा छलफल हुनेछ ।  यस्तै उपत्यका विशेष प्रदेश समूहको पनि क्वालिटी ब्याङ्क्वेटमा छलफल हुनेछ भने दुई समूहमा विभाजन गरिएको सम्पर्क समन्वयको क्रिष्टल पार्टी प्यालेस, बागमतीको दुई समूहको बानेश्वर ब्याङ्क्वेट, आयोगको पनि सोही ब्याङ्क्वेटमा छलफल हुनेछ । 

यस्तै जवस, मोर्चा इन्चार्ज ,कार्यालयको काठमाडौं ब्याङ्क्वेटमा छलफल हुनेछ ।  बन्दसत्रमा देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुनेछ । 

प्रस्तावमा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए । त्यस्तै केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

मंगलबार दिनभर समूहगत छलफल हुनेछ भने बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुने माओवादीले जनाएको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप